उदयपुर–२ मा रास्वपाका सूर्यबहादुर तामाङ विजय (मत परिणाम सहित)

कटारी । उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर तामाङ विजयी भएका छन् । उनले १४ हजार ८ सय २ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २ सय ९० मत पाएका छन् ।

यस्तै नेकपाका सुरेशकुमार राईले ५ हजार १ सय ९७ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १ सय ३९ मतमा सीमित भएका छन् । यससँगै उदयपुर–२ मा रास्वपाले प्रतिनिधिसभा सदस्यको सिट आफ्नो पक्षमा पार्न सफल भएको छ ।

Facebook Comments