



उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अधेरीस्थित सडकमा सोमबार बस दर्घना भएको छ । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बर को सो बस अनियन्त्रित भई सडकमुनि करिब ५० मिटर तल झरेको प्रहरीले जनाएका छन् ।
प्रहरीले जनाएअनुसार दुर्घटनामा १५ जना यात्रुहरु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ११ जनाको सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।
स्थानीयबासिले जानकारी गराएसँगै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरी उपचारको लागि अस्पताल पठाएको थियो । बस चालक अहिले अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेको छ ।
Facebook Comments