उदयपुरको गाईघाटमा नाबालिकामाथि बलात्कार आरोप दुई पक्राउ, एक फरार


त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका–११ पिपलचोकमा डेरामा बस्दै आएकी १६ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ भने एक जना फरार छन् ।

प्रहरीका अनुसार घटना गत शुक्रबार राति करिब ९ बजे भएको हो । पीडित बालिकालाई उनकै कोठामा गएर जबरजस्ती करणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न रहेको आरोपमा त्रियुगा नगरपालिका–१३ दनुवारी टोलका १९ वर्षीय बिकल दनुवार र सोही स्थानका १५ वर्षीय एक नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६ वर्षीय अर्को एक नाबालक फरार रहेकाले खोजी कार्य जारी छ । प्रहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।

Facebook Comments