



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकीकरण अन्तिम चरणमा पुगेको छ । बिहीबार पेरिसडाँडामा भएको पार्टीहरूको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबिच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए । उनकाअनुसार एकता प्रक्रियालाई अन्तिम रूप दिन शुक्रवार फेरी कार्यदलस्तरीय छलफल हुनेछ ।
उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका बिचमा हामीले वार्ता कार्यदलस्तरमा घनिभूत छलफल गर्यौँ । हिजो हामीले राजनीतिक र सैद्धान्तिक विषयमा अलि बढी छलफल गरेका थियौँ । सङ्गठनात्मक विषयमा समेत छलफल गरेका थियौँ भने आज अलि यसलाई निष्कर्षमा पुर्याउने किसिमले छलफल गर्यौँ । र आज हामीले सहमतिको एउटा ड्राफ्ट तयार पार्यौँ ।
त्यसमा छलफल गर्यौँ र त्यसलाई अन्तिम रूप दिने गरी अर्को दिन बस्ने निर्णय गरेका छौँ । साथीहरूले केही महत्त्वपूर्ण सुझाव समेत दिनुभएको छ । र भोलि हामी सहमतिलाई अन्तिम रूप दिन्छौँ । अब एकता प्रक्रिया अब अन्तिम अवस्थातिर पुगेको छ ।’नेपाली कम्युनिष्ट पार्टीले विचार र सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताए । यो भन्दा अलिक फरक समाचार बनाईदिनुन