उदयपुरको मौवासी मेलामा जुवा सञ्चालन, प्रहरी प्रशासनसमेतको सेटिङ हुनसक्ने स्थानीयको आशंका

उदययुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ५ मौवासीमा केहीदिन यता रातभर जुवा सञ्चालन गरि लाखौ रुपैया हार्ने र मार्ने काम भएको छ । धार्मिक मेलाको नाममा आयोजकले जुवा मेला सञ्चालन गर्दै आएको हो । मेलास्थल नजिकै करिव दुईसय मिटर दुरीको खेतमा टेन्ट नै बनाएर जुवामेला लगाएको स्थानीयहरुले बताएका छन् ।

उदयपुरमात्र नभई सप्तरी, सिरहाकासमेत जुवा खेलाडिहरुको उपस्थितिमा जुवा सञ्चालन भएको र रातभर जसो हारमार हुदै अएको उनिहरु बताउछन् । मङ्सिरको बालाचतुर्दशीमा बर्षदिनमा एकपटक सतविउ पलविउ छर्न मेला लाग्ने गर्दछ । शिवमन्दिर रहेको उक्त ठाउँमा शिवको आरधना गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । तर दुईदिनसम्म सञ्चालन हुने धार्मिक मेलालाई जाँडरक्सी र जुवामेला बनाईएको हो ।

मेला ब्यवस्थापन समितिका अध्यक्ष हरिकेशर राईले राती मेलामा आफू नबसेको र जुवा सञ्चालन नभएको बताए । स्थानीयबासीले भने जुवाडेबाट दुस्मनि साधिने भन्दै खुलेर विरोध गर्न नसकेको बताएका छन् । तर, भित्रभित्रै जुवा सञ्चालन गरेर विकृति भईरहेको उनिहरुको भनाई छ । गत कार्तिकमा भएको ककनीमेलामा पनि जुवा मेला सञ्चालन भएको थियो ।

एक बुद्धिजिविले नाम उल्लेख नगर्ने सर्तमा जुवाडेको ठुलै गिरोह परिचालन भई जुवा सञ्चालन भईरहेको बताए । यसमा प्रहरी प्रशासनसमेतको सेटिङ हुनसक्ने आशंका उनको छ । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहानै मेला स्थल पुग्दा जुवाको नामनिसान केहि नभेटिएको यदि काहीँ कतै फोटो, भिडियो भए उपलब्ध गराएमा, कारवाही चलाउने बताएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले यस बारेमा बुझेर जानकारी दिने बताए । वडाध्यक्ष कुमार अधिकारीले मेलामा परम्परादेखि नै जुवा खेल्ने चलन रहेकोले सहजिकरण गरिदिन अनुरोध आएको तर आफुले ठाडै अस्विकार गरेर आफु हलेसि दर्शनमा लागेको बताए । 

Facebook Comments