जेनजी शहिद सन्तोष विश्वकर्मा परिवारको आपत्ति, “शहिदलाई अपमान र एमाले करण गर्न खोजियो” (भिडियो सहित)

बेलका । उदयपुरको बेलका नगरपालिका–४ का जेनजी शहिद सन्तोष विश्वकर्माको परिवारले पत्रकार सम्मेलन मार्फत एक विज्ञप्ति जारी गरेर शहिदलाई राजनीतिकरण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएको छन् । शहिदका दाजु भोलबहादुर विक लगायत परिवारले जारी गरेको विज्ञप्तिमा एमालेले मृतक सन्तोष विश्वकर्मालाई आफ्नो पार्टीतर्फ तान्ने प्रयास गरेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो परिवार अझै शोकमा डुबिरहेको बेला सन्तोषको बलिदानलाई एमालेकरण गर्न खोज्नु पीडादायी र अपमानजनक कार्य हो।” उनले शहिदको बलिदान कुनै पार्टीको लागि नभई न्याय, समानता र युवाको अधिकारका लागि भएको भन्दै एमालेले गरेका गतिविधि प्रति भत्सर्ना गरेका छन् ।

विश्वकर्माको परिवारले सबै पक्षलाई शहिदलाई अपमान नगरी उनको बलिदानलाई न्याय र परिवर्तनको पक्षमा सम्झन आग्रह समेत गरेको छ । एमाले बेलका नगरकमिटी र वडा कमिटीले बनाएको श्रद्धाञ्जली पत्रमा पार्टीको निर्वाचन चिन्ह सूर्यभित्र शहिद सन्तोष विश्वकर्माको फोटो राखिएको थियो ।

भिडियोः

Facebook Comments