उदयपुरका युवक साना हतियारसहित पक्राउ

काठमाडौं । उदयपुरगढी गाउँपालिका–८ का ३० वर्षीय हिराबहादुर मगरलाई ठूलो मात्रामा साना हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको एक कार वास सेन्टर पार्किङ स्थलमा चेकजाँच गर्ने क्रममा मगरको साथबाट ७ थान पेस्तोल, ६ थान म्याग्जिन, एसएलआरमा प्रयोग हुने ३३ राउण्ड गोली र ह्याण्डसेटको ब्याट्री १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यी सामग्रीहरू उनले प्रयोग गर्दै आएको ट्याक्सीको डिकीमा लुकाइराखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ परेका मगरलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

Facebook Comments