किरात राई यायोक्खा जिल्ला कार्य समितिमा विवाद

काठमाडौ । किराती राईहरुको साझा सामाजिक संस्था किरात राई यायोक्खाको काठमाडौ जिल्ला कार्यसमिति गठनमा विवाद देखिएको छ । गत शुक्रबार आयोजित सम्मेलनमा बहुमत सदस्यहरुको भावना विपरित केन्द्रीय समितिबाट हस्तक्षेप भएको भन्दै असन्तुष्टहरुले आईतबार एक विज्ञप्ती सार्वजनिक गरेको छ । विज्ञप्तीमा नयाँ निर्वाचन मण्डल गठन गरि पुनः सम्मेलन गरेर बन्दसत्रमार्फत कार्यसमिति चयन गर्न माग गरिएको छ । विज्ञप्ती जारी गर्नेहरुले घट्नाको निष्पक्ष छानबिन माग पनि गरेका छन् । निर्वाचन मण्डलका अध्यक्षसमेत रहेका केन्द्रीय उपाध्यक्ष देवान राईले गोजिबाट कार्यसमितिको नाम निकालेर घोषणा गरेपछि यस्तो अवस्था आएको बताईउको छ । उपाध्यक्ष राईको यस्तो कार्यप्रति बहुसंख्यक प्रतिनिधिहरुले विरोध गरेर कार्यक्रमस्थल छाडेपछि घोषणा गरिएको कार्यसमितिलाई सपथसमेत नखुवाईएको बताईएको छ ।

‘‘बन्द सत्रबाट निर्वाचन मण्डलका सदस्यले नै हल बाहिर लागि दर्जन युवाहरु माझ मानसिक शाररिक यातना दिएका थिए ।” विज्ञप्तीमा भनिएको छ,‘‘ अध्यक्ष मण्डलबाट यो घटनाबारे किन मौन बसेको थियो ? धाकधम्की दिएर उम्मेद्वारी पत्र समेत खोस्ने प्रयास भएको थियो । यि सबै घटनाक्रमहरुको भिडियो फुटेजहरु कार्यक्रम स्थलमा सुरक्षित रहेको छ ।” विज्ञप्ती जारी गर्नेहरुले घट्नाबारे निश्पक्ष छानबिन समिति बनाई सम्पूर्ण घटनाको छानबिन हनुपर्ने माग गरेका छन् । ‘‘देवान राई अध्यक्ष रहेको अध्यक्ष मण्डल खारेज गरी नयाँ सर्वस्विकार्य अध्यक्ष मण्डल बनाई पुनः सम्मेलनको बन्दसत्र सञ्चालनगरी प्रतिनिधिहरुबाटै चुन्ने चुनिने हकलाई उपयोग गरी निर्वाचन मार्फत नेतृत्व चयन् गरियोस ।” विज्ञप्तीमा भनिएको छ, ‘‘यो घटनाबारे देश विदेशका सरोकारवाला सबैको ध्यानाकर्षणका लागी अपिल पनि गर्दछौं । काठमाण्डौं जिल्ला सम्मेलन मात्रै होइन विभिन्न जिल्ला, प्रदेश, प्रवास र राष्ट्रिय सम्मेलनमा समेत सरोकारवालाहरुको गम्भिर ध्यान पुग्नुपर्ने देखिन्छ ।”

विज्ञप्तीमा बन्द सत्र किन छोडेर हिंडेको भन्ने ब्यापक प्रश्न उठेको भन्दै आयोजकहरु र प्रतिनिधिहरुलाई बोल्न समय नदिएको तथा नेतृत्व चुन्ने चुनिने अधिकारबाट बञ्चित गरी गोजिबाट कागजको चिर्कटो पढेपछी बहुमतले हल छाडेको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘‘हामी पुनः सम्मेलनको आयोजना हुन्छ भनी निक्लेका हौं यद्यपी बहिस्कार गरी निक्लेकाहरुको केही नाम पदाधिकारी र सदस्यहरुमा राखी फेसबुक मार्फत समिति घोषणा नाटकको घोर बिरोध गर्दै पुनः सम्मेलनको माग गर्दछौं ।” उनिहरुले संसारभरि छरिएर रहनु भएका तमाम किरात राईहरुको एक मात्र छाता संगठन किरात राई यायोक्खाप्रति आएको टिक्काटिप्पणीप्रति दुःख व्यक्त गरिएको छ । संस्थाप्रति उच्च सम्मान रहेको तथा रहि रहने उल्लेख गर्दै विज्ञप्तीमा संस्थाविरुद्ध आएका टिकाटिपणीहरु प्रति हाम्रो आपत्ती जनाईएको छ । विज्ञप्तीमा भनिएको छ,– किरात राई यायोक्खा बारेमा सामाजिक सञ्जालमा आएका टिकाटिपणीहरु वा वादविवाद प्रति हामी दुःखी छौ । संस्था आफैमा पवित्र छ र हुनु पर्दछ ।”

उनिहरुले खल्तिबाट नाम निकालेर पारित गर्ने पार्टीको झोले शैली अध्यक्ष मण्डलका अध्यक्ष किराया उपाध्यक्ष देवान राईले गरेको आरोप लगाएका छन् । ‘‘जो कोहिले बाधा अवरोध गरेको खण्डमा केही युवा लगाई तह लगाउने योजना अनुसार पदाधिकारीका दावेदार सुरज राईलाई तानेर शाररिक मानसिक यातना समेत दिएको छ ।” विज्ञप्तीमा भनिएको छ, ‘‘१९ जना उमेद्वार मध्ये ११ जनाले आप्mनो उमेद्वारी फिर्ता लिन बाध्य भएक छन् ।” यस्तो घट्ना हुनुमा विगत केही समय देखी यायोक्खाका जिल्ला कार्य समिति सामाजिक सञ्जालमा गरेको एक टिप्पणीको आधारमा कार्वाही गर्ने मनसायले काम गरेको दावी गरिउको छ । विज्ञप्तीमा भनिएको छ– सुरज राईलाई विना दोष अनुशासनको नाममा कारबाही गर्ने प्रयास गरिएको थियो । सिङ्गो यायोक्खाले नो–कोशी आन्दोलनमा होमिने उर्दी गरिरहेको बेला संस्थाकै केन्द्रिय पदाधिकारीहरुले पहिचान बिरोधिहरुको स्वागततार्थ घुर्मिमा गेट बनाईरहेका थिए ।

सोही समयमा आन्दोलनको घोषणा गरेको यायोक्खाका नेता, शुभचिन्तकहरु आन्दोलनको मोर्चामा पक्राउ परी थुनिएका कुटिएका घाइते भएका थिए । धेरै योद्दाहरु जङगल, खोला ओडारमा बास बस्नु परेको थियो । किरात राई बंशजहरुले देश, बिदेश, गाउँ, शहरबाट चर्को आवाज उठेका बेला जिम्मेवार सरोकारवालाले किन मौन बस्नुभएको हो । किराया पूर्व केन्द्रिय नेता दीपेन्द्र रुम्दालीले आन्दोलनताका सामाजिक सञ्जालमा “आन्दोलनको बेला बिरामीको नाटक गर्ने नेताहरु साकेलामा देखिए त ।” भन्ने फेसबुक पोष्टमा सुरज राईले “देखियो हजुर गतीछाडाहरुलाई केही गर्न नमिल्दो रहेछ ।” भन्ने कमेन्टलाई आधार मानेर स्पष्टिकरण सोधिएको थियो ।” विज्ञप्तीमा यिनै घटनाबाट पहिचान पक्षधरलाई आतङ्कित पार्ने प्रयास भई रहेको उल्लेख गर्दै पहिचान विरोधीको शसक्त प्रतिरोध गर्न पनि आह्वान गरिएको छ ।

Facebook Comments