



उदयपुर । साझा सेवा घर उदयपुरले आफ्नो तेस्रो वार्षिक साधारणसभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम “सामाजिक संरक्षणको आधार, साझा सेवा घर” भन्ने मूल नाराका साथ सोमबार जिल्ला समन्वय हलमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको वार्षिक गतिविधि, आर्थिक विवरण तथा आगामी कार्ययोजना सार्वजनिक गरिएको संस्थाका अध्यक्ष गीता खङ्का कार्कीले बताईन् । उनका अनुसार सामाजिक परिक्षणमार्फत संस्थाको पारदर्शिता र उत्तरदायित्वबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मा, उपप्रमुख तेज प्रसाद गिरी, त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेब चौधरी, माओवादी केन्द्र त्रियुगा नगरकमिटी अध्यक्ष तथा वडा नम्बर १६ का वडाअध्यक्ष मानबहादुर राई लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।