उदयपुरमा सवारी दुर्घटना : स्कुटरबाट खसेर एक महिलाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ । शुक्रबार दिउँसो करिब २:२५ बजे त्रियुगा नगरपालिका–६ कुमारी चोक नजिक स्कुटरबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा निधन भएको हो ।

सिराहाको सुखीपुर नगरपालिका–८ बस्ने ६८ वर्षीय जगरनाथ साह सुडीले चलाएको स ५ प ७० नम्बरको स्कुटरमा पछाडि सवार उनकी ५८ वर्षीया श्रीमती गंगिया देवी साह सुडी अचानक स्कुटरबाट खसेकी थिइन् । घटनापछि गम्भीर अवस्थामा रहेकी गंगिया देवीलाई तत्काल जिल्ला अस्पताल, उदयपुरमा प्राथमिक उपचार गरिएको थियो।

तर थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको र सोही अस्पतालमा साँझ ४:५७ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

Facebook Comments