उदयपुरगढीमा पशुशाला सुधार कार्यक्रम सम्पन्न

नेपालटार । कृषि विकास शाखा उदयपुरगढीको समन्वयमा वडा नं. ५ मा सञ्चालित टाटेपाटे कृषक समूहमार्फत बनाइएको पशुशाला सुधार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत स्थानीय किसानको गोठ सुधार गरी पशुपालनको वातावरण स्वच्छ र सुरक्षित बनाइएको हो ।

स्थानीय महिला र पुरुष कृषकहरूले प्रयोग गर्दै आएको परम्परागत पशुशालालाई कंक्रिटको पक्की भुइँ बनाएर सुधार गरिएको नगर कृषि अधिकृत पारशमणी फुयालले बताए । अधिकृत फुयालका अनुसार पशुहरूलाई सहज र सफा वातावरणमा राख्न सहयोग पुग्नेछ भने कृषकहरूको मेहनत पनि कम हुने विश्वास गरिएको छ ।

हाल गोठ सुधारको लागि भुइँ कंक्रिटले ढलान गरिएको छ र स्तम्भहरूलाई मजबुत बनाइएको छ । उक्त कार्यक्रमले स्थानीय कृषकहरू खुशी भएको स्थानीय कृषक जयबिर मगर बताउछन् । उनका अनुसार पशुशाला सुधार कार्यक्रमले स्थानीयहरु निकै सन्तुष्ट देखिएका छन् । कृषि विकास शाखाका अनुसार पशुपालन सुधारमार्फत दुग्ध उत्पादन, पशु स्वास्थ्य र कृषकहरूको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Facebook Comments