



उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–४, गबुवा स्थित एक १४ वर्षीया वालिकामाथि जबरजस्ती करणी भएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीमा पीडित पक्षबाट जाहेरी परेको आधारमा घटनास्थलबाटै संलग्न चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुमा कटारी नगरपालिका–४, गबुवा बस्ने २५ वर्षीय सुजन उर्फ राजकुमार तामाङ, २० वर्षीय नबिन श्रेष्ठ, २० वर्षीय जीवन तामाङ र १९ वर्षीय एक नाबालक छन् । प्रहरीका अनुसार हाल उनीहरूमाथि उदयपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण सहित अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा विस्तृत विवरण संकलन भइरहेको जनाउँदै प्रहरीले कानुनी कारबाही अघि बढाइने जनाएको छ ।
Facebook Comments