रामपुरबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ


रामपुर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ स्थित रामपुर बजारबाट प्रतिबन्धित लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा को २४ प ३९८३ नम्बरको मोटरसाइकल चालक २४ वर्षीय जनम गहतराजरहेका छन् ।

उनलाई प्लास्टिकमा लुकाई राखिएको करिब दुई सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने सामग्री सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा पक्राउ गरेको थियो ।

प्रहरीले जनाएअनुसार मदन भण्डारी राजमार्गको सडक खण्डमा चेकजाँच गर्दा उनलाई पक्राउ परेको थियो । अहिले गहतराज पक्राउ पर्दा उनको साथबाट फेला परेको सामग्री र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखिएको छ।

Facebook Comments