उदयपुरमा उत्पादित काठ उपभोक्ता भन्दा बाहिर बिक्रीमा जोड, जिल्ला बन कार्यालय मौन (फोटो फिचर)

गजेन्द्र राई
उदयपुर, ३० बैशाख ।  उदयपुरको सामुदायिक बनहरुमा उत्पादित काठ उपभोक्ता भन्दा बाहिरी बिक्री बितरणमा जोड दिईने गरेको पाईएको छ । बिभिन्न बहानामा जिल्लाका अधिकांश सामुदायिक बनहरुले उपभोक्तालाई भन्दा बाहिरी बिक्री बितरणमा जोड दिईने गरेको पाईएको हो ।
स्थानीय स्तरमा काठको आवश्यता भएपनि उपभोक्ताले धान्नै नसक्ने महंगो शल्क राखेर उनीहरुले काठ बाहिर बिक्री बितरण गर्ने गरेको स्थानीय उपभोक्ताहरु बताउँछन् । उनीहरुको अनुसार ठेकेदारबाट मोटो रकम आउने आशामा केहि पैसा बन कार्यालयसम्म खर्च गरेर भएपनि सामुदायिक बनहरुले काठ जिल्ला बाहिर बिक्री बितरण गर्ने गरेको छ ।
अहिले जिल्लाको केहि सामुदायिक बनहरुबाट काठ बाहिर गईसकेको छ भने धेरै सामुदायिक बनहरुबाट बाहिर जाने तयारीमा छ । यसमा अनुगमन गर्ने निकायहरुले गम्भितापूर्ण अनुगमन नगर्दा आफुहरु मारमा पर्ने गरेको उपभोक्ताहरुको गुनासो छ । मुख्यतया जिल्ला बन कार्यालयले चासो दिनुपर्नेमा मौन रहेको समेत उनिहरुको आरोप छ ।
हाल जिल्लामा हरेको ३ सय ४३ सामुदायिक बनबाट आ.ब. ७२÷७३ मा करिब डेर लाख सेप्टी काठ उत्पादन भएको छ भने आ.ब. ७३÷७४ को बिवरण आउन बाँकी रहेको जिल्ला बन कार्यालय उदयपुरले जनाएको छ । 1 3 4 2

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *