उभौलिको अबसर परेर उदयपुरमा साकेला नृत्य प्रदर्शन (फोटो फिचर)

गजेन्द्र राई
उदयपुर, ३० बैशाख ।  किराँत समुदायको महान् पर्ब सकेला उभौलिको अबसर परेर उदयपुरमा साकेला नृत्य प्रदर्शन सम्पन्न भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१६ जाल्पाचिलाउनेमा शुक्रवार सो नृत्य प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । वडामा बसोवास गर्दै आएका किराँती समुदायहरुले स्थानीय चिलाउने भञ्जाङमा उक्त नृत्य प्रदर्शनी गरेका थिए । नृत्य प्रदर्शन कार्यक्रम पश्चात् किराँतीहरुको साँझा संस्था किराँत राई यायोक्खाको प्रारम्भिक कमिटि समेत गठन भएको छ । यायोक्खा जिल्ला सचिब नबिन राईको उपस्थितिमा १३ सदस्य सर्वसहमत रुपमा सो कमिटि  गठन भएको हो । जसमा अध्यक्ष लोकबहादुर राई, उपाध्यक्ष लिलबहादुर राई, सचिब पर्शराम राई, सह–सचिब सचिना राई र कोषाध्य कुमारी राई रहेका छन् । त्यसैगरि सदस्यहरुमा क्रमसः माहेन कुमारी राई, मणिकुमार राई, उत्तरबहादुर राई, ग्रहमान राई, मिलन कुमार राई, आशिष चाम्लिङ राई, अमृता राई र धनबहादुर राई रहेका छन् ।

स्थानीय किराँती तथा गैरकिराँतीहरु आ–आफ्नो नृत्य प्रदर्शन गर्दै dscn7937dscn7935 dscn7940dscn7945dscn7977

जिल्ला सचिब नबिन राई मार्गनिर्देश सहित आफ्नो मन्तव्य राख्दै । dscn7966

नृत्य प्रदर्शन कार्यक्रमका सभापति सचिना राई आफ्नो मन्तव्य सहित औपचारिक रुपमा कार्यक्रम समापन भएको घोषना गर्दै ।

dscn7980

प्रारम्भिक कमिटि गठनको बन्द–सत्र ।
dscn7985

निर्वाचित सदस्यहरुलाई शुभकामना दिदै जिल्ला सचिब तथा कार्यक्रमका प्रमुख अतिथि नबिन राई ।dscn7987

बन्द–सत्र पश्चात् सामुहिक तस्बिर खिच्दै । dscn7991

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *