



उदयपुर । उदयपुरको बेलका नगरपालिका–६, असारे मुर्ती खोलाको किनारमा लुकाइछिपाई राखिएको अवस्थामा ठूलो मात्रामा गाँजा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल वेश क्याम्प रामपुर ठोक्सिला तथा राष्ट्रिय अनुसन्धान कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले ३९ वटा बोराभित्र प्लास्टिकमा बेरिएको ८९१.४२३ किलोग्राम गाँजा फेला पारेको हो ।
वेवारिसे अवस्थामा भेटिएको उक्त प्रतिबन्धित लागुऔषध हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ । यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments