उदयपुरमा विद्यार्थीहरुलाई साईकल वितरण

गाईघाट । उदयपुरमा विद्यालय टाढा हुने विद्यार्थीहरुलाई शनिवार साईकल वितरण गरिएको छ । नेपालका साइक्लिङ अभियानता तथा राइडर तेन्जिङ गुरुङ र अमेरिकन नागरिक रेविका आनको पहल प्रयास तथा उदयपुर साइक्लिङ संघको संयोजनमा साईकल वितरण गरिएको हो ।

साईकल विशेषगरि आर्थिक विपन्न १५ जना विद्यार्थीहरुलाई वितरण गरिएको साइक्लिङ संघका अध्यक्ष माधब बानियाँले बताए । अध्यक्ष बानिएका अनुसार त्रियुगा र चौदण्डिगढी नगरपालिकामा रहेर टाढा विद्यालय धाउने विद्यार्थीहरुलाई साईकल वितरण गरिएको हो ।

हिमाली क्षेत्रमा साइक्लिङ गर्दै गाउँ–बस्तीमा पुग्ने साइक्लिङ अभियानता तथा राइडर गुरुङले ग्रामिण क्षेत्रका बालबालिकाको शिक्षा र खेलकुद मार्फत स्वास्थ्यमा सहयोग पुर्याउन रेडपन्डा प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । साईकल वितरण कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई विभिन्न विद्यालयका शिक्षक लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

भिडियोः

Facebook Comments