उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले “लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका” भन्ने विषयमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । त्रियुगा नगरपालिकाको सहकार्यमा कक्षा ९ र १० का विद्यार्थीहरू बीच जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रतियोगिता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीले बताए ।
एसपी योगीका अनुसार प्रतियोगितामा १३ वटा विद्यालयका एक सय ५० जना विद्यार्थीहरूले भाग लिएको थियो । प्रतियोगितामा क्यान्भास सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा जेनिशा कार्कीले पहिलो, राष्ट्रिय मा.वि. बगाहाकी छात्रा नम्रता दाहालले दोस्रो र वालमन्दिर मा.वि. वोक्सेकी मनिषा चौधरीले तेस्रो स्थान हासिल गरेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले गरेका थिए । प्रमुख अतिथिका रूपमा त्रियुगा नगरपालिका उप–प्रमुख महेश्वरी राई र विशेष आतिथ्यमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको उपस्थिति रहेको थियो । विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
भिडियोः