उदयपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोईरालाले सरकार सञ्चालनको सय दिन पुगिसकेकोले अव सरकारको लेखाजोखा गर्न जरुरी देखिएको बताएका छन् । उनले शनिवार उदयपुरको सदरमुकाम गाईघाटमा निर्मित प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोईरालाको शालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
अहिले प्रधानमन्त्री केपी शर्माओलीले सरकारको सय दिनमा संविधान सुधारको कुराहरु गरिरहेपनि उनको कुरामा कुनैपनि तुक नदेखिएको समेत उनले बताए । उनले संविधान संशोधन अथवा सुधार गर्नेे हो भने अन्य विपक्षी दलहरुसँग पनि समन्वय गर्न जरुरी देखिएको बताए । सरकारले दुईतिहाईको दम्व देखाएर मात्र नहुने उनको भनाई छ ।
मोवाईलमा समाचार हेर्न तल Like गर्न नभुलौः
सालिक त्रियुगा नगरपालिकाको जनतासँग मेयर कार्यक्रम अन्तरगतको बजेटबाट निर्माण गरिएको मेयर बसन्त बस्नेतले बताए । मेयर बस्नेतका अनुसर सालिक दुई लाख ७५ हजारमा निर्माण भएको थियो । कार्यक्रम नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्वर ११ को आयोजनामा सम्पन्न भएको थियो ।
भिडियोः