एमाले क्षेत्र नम्बर २ को शुभकामना आदानप्रदान

उदयपुर । नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्रनं २ उदयपुरले चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । पार्टीले जिल्लाको उदयपुरगढी गाउँपालिकाको नेपालटारमा पूर्ण बैठकको आयोजना गर्दै शुभकामना आदानप्रदान गरेको हो ।

एक नगरपालिका चार गाउँपालिका गरी पाँच वटा स्थानीय तह रहेको निर्वाचन क्षेत्रमा सबै पालिकाका पार्टी अध्यक्ष, वडाध्यक्ष र सम्बन्धित भुगोलका जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको क्षेत्रीय कमिटीका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । कार्यक्रम प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य तथा उदयपुर इन्र्चाज मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य तथा दुबै क्षेत्रका इन्र्चाज अम्बिका थापा, केन्द्रिय सल्लाहकार कमिटीका सदस्य बैकुण्ठनाथ दाहाल, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभाका सदस्य अम्बरबहादुर रायमाझीको उपस्थिति रहेको थियो ।
त्यसैगरि कार्यक्रममा सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठ, प्रदेश कमिटी सदस्य कला घले, गिता रेग्मी, कुशल कार्की, जिवन कार्की, गोपाल खत्री, जिल्ला अध्यक्ष भागवत राउत, उपाध्यक्ष कालुमान लामा लगायतले शुभकामनासँगै पार्टीका धारणा राखेका थिए । सोही अवसरमा कमिटीमा मनोनित भएका सदस्यहरुलाई पोलिटव्युरो सदस्य चौधरी र जिल्ला अध्यक्ष राउतले सपथग्रहण गराएका थिए । वक्ताहरुले पछिल्लो राजनीतिक अवश्था र पार्टीले खेलेको भुमिकाका बिषयमा चर्चा गरेका थिए ।
भिडियोः

Facebook Comments