उदयपुर । उदयपुरमा भिरबाट लडेर एक जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ६ नागबेली बस्ने बर्ष ४५ को गजेन्द्र खड्का रहेको छ ।
उनको बिहिबार स्थानीय गेरगेनी डाडाँबाट लडेर मृत्यु भएको उनको दाजु भुपबहादुर खड्काले बताए । दाजु भुपबहादुरको अनुसार लामो समयदेखि गजेन्द्रको मानसिक सन्तुलन विग्रिएको थियो ।
उनको घुमफिर गर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने स्थानीयहरु बताउछन् । अहिले उनको शब पोष्टमार्टमको लागि जिल्ला हस्पिटल उदयपुर राखिएको छ ।
भिडियोः
Facebook Comments