डिएसपी चापागाईं सहित एक दर्जन प्रहरी कर्मचारी पुरस्कृत

उदयपुर ।  जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन चापागाईं पुरस्कृत भएका छन् । उनि बुधबार सम्पन्न ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा पुरस्कृत भएका हुन् । डिएसपी चापागाईं कटारी नगरपालिका १० सोरुङ्गछबिसेका आमा–छोरा हत्या प्रकरणमा संलग्न व्यक्ति पहिचानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत भएका हुन् ।

डिएसपी चापागाईसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) नबिन्द्र नेम्वाङ, प्रहरी सहायक निरीक्षक (असई) बलबहादुर श्रेष्ट र प्रहरी सहायक हवल्दार मिलन बिष्ट पनि पुरस्कृत समेत भएका छन् । त्यसैगरि बिभिन्न मतहतमा कार्यरत अन्य प्रहरी कर्मचारीहरु समेत पुरस्कृत भएका छन् । जसमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रन्तराम थानदार थारु, जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत गंगाबहादुर बस्नेत, अस्थाई प्रहरी पोष्ट रौतापोखरीमा कार्यरत प्रहरी हवल्दार रुप नारायण मण्डल, इलाका प्रहरी कार्यालय जलजलेमा कार्यरत प्रहरी हवल्दार नबिन कुमार ढकाल रहेका छन् ।

यसैगरि पुरस्कृत हुनेहरुमै जिल्ला ट्राफिक कार्यालयमा कार्यरत प्रहरी हवल्दार सागर दियाली, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार लिला तामाङ, जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान कुमार मगर र प्रहरी परिचर लक्षिमन कुवाल रहेका छन् । उनिहरुलाई प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नगद र कदर पत्र प्रदान गरेका थिए । पुरस्कारले अझ बढी कार्य सम्पादनमा हौसला अभिबृद्धि होस् भन्ने उद्देश्यले पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक हरिहर नाथ योगीको भनाई छ ।

भिडियोः

Facebook Comments