रेडक्रस उदयपुरको नयाँ नेतृत्वमा पुनः कटुवाल, उपमा राई

उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाको नयाँ नेतृत्वमा पुनः मदन कटुवाल चयन भएका छन् । शुक्रबार सम्पन्न ३४ औं जिल्ला सभा तथा अधिबेशनले कटुवाललाई पुनः सभापति पदमा चयन गरेका हुन् ।

सम्मेलनले उनको सभापतित्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक
गणेश प्रसाद दाहालले बताए । संयोजक दाहालका अनुसार समितिको उपसभापतिमा महेन्द्र राई र बालाकुमारी खतिवडा चयन भएका छन् ।

समितिको मन्त्रीमा पुष्पराज पोखरेल र उप–मन्त्री रविन्द्र बहादुर खड्का चयन भएका छन् । त्यसैगरी समितिको कोषाध्यक्षमा ईश्वरमान राई र उप–कोषाध्यक्षमा टिकाकुमारी राई चयन भएका छन् । यसैगरि सदस्यहरुमा अन्जना राई, सर्मिला थापा, गंगाकुमारी खड्का र विष्णु बहादुर मगर चयन भएका छन् ।

यसैगरी सदस्यहरुमै डिकबहादुर ज्यूठकुरी, सुवास विष्ट, सुमन कुमार चौधरी, ईश्वर प्रसाद पोखरेल राजकुमार शर्मा र मौसम राई चयन भएका छन् । कार्यक्रम प्रदेश नम्बर १ का उपसभामुख सिर्जना दनुवारको प्रमुख आथित्यमा भएको थियो । 

भिडियोः

Facebook Comments