उदयपुरका दुई पत्रकार सम्मानित

त्रियुगा । नेपाल रेडक्रस सोसाइटीले शुक्रबार उदयपुरका दुई पत्रकारलाई सम्मान गरेको छ । उनिहरुलाई नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाले आफ्नो ३४ औं जिल्ला सभा तथा अधिबेशनको अवसर परेर सम्मान गरेको हो ।

सम्मानित हुने पत्रकारहरुमा रेडियो नेपाल तथा निगरानी पोष्ट डटकममा कार्यरत गजेन्द्र राई र नेपाल समाचारपत्र तथा एपीवान टेलिभिजनमा कार्यरत माधबप्रसाद पोखरेललाई सम्मान गरिएको हो ।

पत्रकार राई र पोखरेललाई संस्थाका सभापति मदन कटुवालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम प्रदेश नम्बर १ का उपसभामुख सिर्जना दनुवारको प्रमुख आथित्यमा भएको थियो ।

भिडियोः

Facebook Comments