उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेस्थित बरघट्टा खेल मैदानमा ‘प्रथम यलम्बर च्यालेन्ज फुटबल कप प्रतियोगिता २०८१’ सुरु भएको छ । यलम्बर युवा समुह (वाईबिसी)को आयोजनामा आईतबारदेखि सो प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा आठ ओटा टिम सहभागि रहेको आयोजक समिति अध्यक्ष अनमोल राईले बताए । अध्यक्ष राईका अनुसार प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुने छ ।
समापनको अघिल्लो दिन (१२ गते) मैत्रीपूर्ण महिला खेल हुने छ । प्रतियोगिता दिनको प्रत्येक तिन बजेदेखि सुरु हुने छ ।
खेल तालिकाः
भिडियोः
Facebook Comments