त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका १५ खाँबुस्थित तोरीबारीमा गएको पहिरो व्यवस्थापनको लागि अनुगमन तथा निरीक्षण भएको छ । अनुगमन तथा निरीक्षण पूर्वमन्त्री तथा सांसद् डाक्टर नारायण खड्काको अगुवाइमा भएको हो ।
जसमा प्रदेश सरकारका पूर्वमन्त्री तथा सांसद हिमाल कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्रमुख अनिल पोखरेल लगायत भुगर्भविदहरु सहभागी रहेको वडाअध्यक्ष गणेश तिमल्सिनाले बताए । वडाअध्यक्ष तिमल्सिनाका अनुसार उनिहरुले पुनःनिर्माण र एकीकृत बस्तीका लागि यथाशीघ्र पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।
पुनःनिर्माण र एकीकृत बस्तीको क्रममा नगरपालिकामा रहेको प्राबिधिकहरुको महत्त्वपूर्ण भूमिका रहने समेत उनिहरुले बताए । गत असार २५ गते गएको पहिरोमा परी एकको मृत्यु भएको थियोेभने एक जना शक्त घाइते भएका थिए । पहिरोले स्थानीयबासीको ४ वटा घर बगाएको थियो भने २८ घर धुरीपूर्ण जोखिममा रहेको रु केही सरकारी भवन र विद्यालय जोखिममा रहेको छ ।
भिडियोः