त्रियुगा । उदयपुरका कानुन व्यवसायी तथा समाजसेवी बैकुण्ठनाथ दाहालले वृद्धवृद्धा आरामस्थल निर्माण तथा बाल उड्ययन पार्क निर्माणका लागि जग्गा दान गरेका छन् । उनले जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ८ राजबासमा निर्माण हुन लागेको सो पार्कको लागि जग्गा दान गरेका हुन् ।
पार्क निर्माणको लागि आयोजना गरिएको महायज्ञ पुराण मार्फत एककठ्ठा जग्गा दान गरेका हुन् । पुराण राजबासस्थित माटेखोला, शाहीखोला र आँपसोता खोलाको संगमस्थलमा लगाउदै आएको छ । सोहि क्रममा उनले शनिबार जग्गा दान गरेका हुन् ।
दाहाल नेकपा एमाले कोशी प्रदेश सल्लाहकार समिति सदस्य समेत हुन् । उनले फागुन २८ देखि चैत्र ५ गतेसम्म सञ्चालन हुने पुराणमा पार्क निमार्णमा सहयोग पुगोस् भन्ने उदेश्यले आफुले जग्गा दान गरेको दाहाल बताउछन् ।
भिडियोः
Facebook Comments