त्रियुगा । उदयपुरमा कर सहयोगी श्रमिक संगठन नेपालको चौथो राष्ट्रिय परिषद् बैठक सम्पन्न भएको छ । बैठक शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न भएको हो ।
बैठक “समृद्ध राष्ट्र निर्माणको निम्ति करदाता मैत्री राजश्व वृद्धिको अभियान, सम्मानित पेशाको निम्ति कर सहयोगीको अधिकार र पहिचान” भन्ने नाराका साथ बैठक सम्पन्न भएको हो ।
बैठकमा प्रत्येक जिल्लाबाट प्रतिनिधि तथा परिवेक्षक सहभागी भएको उदयपुर जिल्ला अध्यक्ष नारायण थापाले बताए । अध्यक्ष थापाका अनुसार उदयपुर घोषणापत्र जारी गर्दै बैठक शनिबारै सम्पन्न हुने छ ।
Facebook Comments