



त्रियुगा । शिवशक्ति आधारभूत विद्यालय भैसेट्याम्केले आफ्नो बार्षिक जन्मोत्सव मनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका १४ भैसेट्याम्केमा रहेको सो विद्यालयले बुधबार आफ्नो १४ औं बार्षिक जन्मोत्सव मनाएको हो ।
उक्त कार्यक्रमको उद्घाटन वडाअध्यक्ष हेमराज मगरले गरेका थिए । कार्यक्रम विभिन्न साँस्कृतिक कार्यक्रम, अत्तिविपन्न विद्यार्थीहरुलाई कापीकलम बितरण, विद्यालय संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
जन्मोत्सव कार्यक्रम विद्यालय स्थापना भएपछि यो पहिलो रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक विश्वकर्माले बताए । अध्यक्ष विश्वकर्माका अनुसार २०६७ सालमा विद्यालय स्थापना भएपनि विभिन्न अभाव र दर्गमताको कारण जन्मोत्सव मनाउन सकिएको थिएन ।
विद्यालयमा हाल कक्षा १ देखि ५ सम्म सञ्चालन रहेको प्रधानाध्यापक सुरेश कुमार दनुवारले बताए । प्रधानाध्यापक दनुवारका अनुसार ५६ जना रहेको छ । कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाकुलो उपस्थिति रहेको थियो ।





Facebook Comments