उदयपुरमा रेडक्रसले राहात बितरण र बिभिन्न सर्कल गठन गर्दै सक्रियता बढाए

उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखाले आफ्नो सक्रियता बढाएको छ । शाखाले नयाँ नेतृत्व आएसँगै सक्रियता बढाएको हो । तत्कालिन सभापति बिनोद बस्नेत र मदन कटुवाल बित बैद्यानिकता बारे बिवाद बढेको थियो । हाल कटुवाल नेतृत्वले बैद्यानिकता आएसँगै सक्रियता बढेको हो ।

सक्रियता बढाउने क्रममा हाल बिभिन्न पीडितलाई राहात बितरण र जुनियर रेडक्रस सर्कल गठन गर्दै आएका छन । शाखाले जिल्लाको बेलका नगरपालिका ४ जहडा बस्ने जयबहादुर अधिकारीलाई राहात बितरण गरिएको सभापति कटुवालले बताए ।

सभापति कटुवालका अनुसार अधिकारीको घरमा असोज १२ गते आगो लागि भएको थियो । त्यसैगरि शाखाले जुनियर रेडक्रस सर्कल गठन गर्दै आएको शाखाका कोषाध्यक्ष महेन्द्र राईले बताए ।

कोषाध्यक्ष राईका अनुसार चौदण्डीगढी नगरपालिका बेल्टारस्थित ज्योति माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । अहिले अन्य बिद्यालयहरुमा पनि शाखाले अभियानलाई तिब्रता बढाएको छ ।

Facebook Comments