बोक्से । बिगत जस्तो उदयपुरमा पनि ६८ औं प्रहरी दिवस मनाईएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा एक विशेष समारोहको आयोजना गरी दिवस मनाइएको हो ।
प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रहरी दिवसमा ब्याटमिनटन र भलिबलका विजयी खेलाडीहररुलाई पुरस्कृत गरिएको थियो ।
असोज १८, १९ र २० गते जिल्ला ब्याटमिनटन संघ उदयपुरको कवर्ड हलमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता भएको थियो । २१ देखि २२ गतेसम्म अन्तर प्रहरी ईकाइ भलिबल प्रतियोगिता भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका ईकाईहरुमा कार्यारत कर्मारीहरु मध्ये अत्यन्तै अनुसाशित, इमान्दार, कर्तव्यनिष्ट र लगनशिल भई तोकिएको जिम्मेवारी रचनात्मक, सिर्जनसिल र व्यवसायिक तवरबाट सम्पन्न गरी उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
उदयपुर जिल्ला अदालतका माननीय न्यायधिस नवराज दुलालको प्रमुख अतिथ्यमा प्रहरी दिवस सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न पदका पूर्व प्रहरीहरुलाई दोसल्लाले सम्मान गरिएको थियो ।
बिशिष्ट अतिथिमा चौदण्डिगढी नगरपालिकाका मेयर कुलुमान लामा, बेलका नगरपालिकाका मेयर अशोक कार्की, कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ, ताप्ती गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्मा, रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगरको उपस्थिति रहेको थियो ।
त्यसै क्रममा विशेष अतिथिमा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का, निमित्त प्रहरी जिल्ला अधिकारी बिनोद कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रमेश थापा रहेका थिए ।