उदयपुरमा २९ विपन्न परिवारलाई बाख्रावितरण

उदयपुर । आयआर्जन वृद्धीका लागि उदयपुरका २९ विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले सञ्चालन गरेको जीविकोपार्जन परियोजना अन्र्तगत २९ परिवारलाई ५८ वटा बाख्रा वितरण गरिएको हो । ग्रामिण क्षेत्रका आर्थिक अवस्था कमजोर भएका वल्र्डभिजनमा दर्ता भएका बालबालिकाका परिवारको जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले दुई वटाका दरले बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष शंकरबहादुर थापाले बताए ।

थापाकाअनुसार परियोजनाको कार्यक्षेत्र कटारी नगरपालिका वडानं ९ का सात घरधुरीलाई १४ वटा, त्रियुगा नपा १५ का १२ घरलाई २४ वटा, रौतामाई ५ का ४ घरलाई ८ वटा, वडानं ७ का ६ घरधुरीलाई १२ वटा बाख्रा वितरण गरिएको हो । सामुदायका बिपन्न, कुपोषित, अपाङ्गता, एकल परिवार, आरसी र जोखिमा रहेका बालबालिकालाई स्वास्थ्य तथा जीविकोपार्जनमा सघाउ पुर्याउनले परियोजनाको लक्ष्य रहेको हुँदा सहयोग गरिएको परियोजना व्यवस्थापक विकल सुवेदीले बताए । संस्थाले यस बर्ष ७८ जना विपन्न परिवारलाई १ सय ५६ वटा बाख्रा वितरण गर्ने उनको भनाई छ ।

संस्थाले वंगुरपालन गर्नेलाई वंगुर, गोठ सुधारका लागि सिमेण्ट जस्ता, व्यवसाय प्रवद्र्धन अन्र्तगत टेवल, कुर्सी, फ्रिज, सिलाईकटाई मेसिन लगायतका सामग्री वितरण गरिएको छ । वल्र्डभिजनको साझेदारीमा पुर्विक्षेत्र अन्र्तगत त्रियुगा नगरपालिका वडानं १५, रौतामाईको वडानं २ देखि ८, लिम्चुङवुङको वडानं ५ जाँते, पश्चिमी क्षेत्रतर्फ उदयपुरगढी १ र २, ताप्लिको वडानं १, २, ३ र ५ र कटारी नगरपालिकाको वडानं ८ र ९ लाई कार्यक्षेत्र बनाएर विपन्न नागरिकको जीविकोपार्जन र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।

अगुवा किसानलाई बाख्रा पालन तालिम
यसैविच बाख्रा पालन गर्दै आएका किसानहरुलाई तालिम दिइएको छ । हुरेण्डक र वल्र्डभिजनको साझेदारीमा गठित उत्पादक समुहका व्यवसायिकरुपमा बाख्रापालन गर्ने चाहना राखेका सात दर्जन किसानलाई तालिम दिइएको हो । कार्यक्षेमा रहेका विपन्न परिवारलाई व्यवासायिक बनाउने उदेस्यकासाथ तालिम दिइएको अध्यक्षथापाले बताए ।

तीन दिनसम्म सञ्चालित तालिमको सहजिकरण हेमकुमार खड्काले गरेका थिए । तालिममा किसानहरुलाई प्रविधि ज्ञान, बाख्राखोर सुधार, सरसफाई, बिमाको महत्व, घाँस रोप्ने र उत्पादन गर्ने तरिका र अनुमानको आधारमा खसीको तौल पत्तालगाउने अभ्यास बारे जानकारी दिइएको परियोजना व्यवस्थापक सुबेदीले बताए ।

Facebook Comments