अाभाकाे साकेला गीत सार्वजनिक (भिडियाेसहित)

२८ मंसिर । उभौलीको अवसर पारेर गायिका आभा मुकारुङले नयाँ साकेला गीत सार्वजनिक गरेकी छिन् ।

आभाले राजकुमार राईको शब्दलाई आफ्नै सङ्गीतमा गायक श्याम साम्सोहाङसँग गाएकी छिन् । त्यसैगरी सामूहिक गायनमा सरला राई, शिवसंगम राई, कला राई, मेनुका राई र कुशल राईले साथ दिएका छन् । सङ्गीत संयोजन भने पविधान खालिङको रहेको छ ।

एलिसा राई र प्रविन राईले अभिनय गरेको भिडियोलाई रोशन राईले निर्देशन गरेका हुन् । रेवत राई, जानुका राई, अाशा कुलुङ, पदम थुलुङ, विनोद राई, नम्रता राई लगातका कलाकाहरु देखिने साकेला नृत्यको कोरियोग्राफी चाहिँ सुमन राईले गरेका हुन् ।

गीतकाे बान्तावा अनुवाद नरदेवी राई र पृथ्वीराज मुकारुङले गरेका हुन् भने अङ्ग्रेजी अनुवादचाहिँ याेक्काे येहाङ किरातले गरेका हुन् ।

गीतकाे निर्माण अादिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानकाे सहयाेगमा चाेमाेलुङ्मा युनेस्काे सेन्टरले गरेकाे हाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *