अलगले सम्झ्याे नारायण गाेपाललाई

१८ मंसिर, ललितपुर । अलग आर्ट हबले एक कार्यक्रमको आयोजना गरी स्वरसम्राट नारायण गोपालको स्मरण गरेकाे छ । नारायण गोपालको २६ औं स्मृति दिवसको अघिल्लो दिन आयोजित कार्यक्रममा आभा मुकारुङ, मण्डल साम्पाङ, हेमन्त चेम्जोङ, झुमा निरौला, कुवेर नेपाली, शिव काफ्ले, रेवत राई, सुनिता थेगिम, बबिना किराती, कर्ण लामा, शरद ढुङ्गेल, नाकिमा नाकिम, सुरज चन्द्र घिसिङ, सन्जय लोप्चन, रजिन राई, मिङ्मा तामाङ, सम्भु लिम्बु, अपिक्षा राई, प्रेम मगर, सुरस्मा लामिछाने, प्रमिला लामा, बासुदेव पुलामी, सुनिता राई, दिलबहादुर राई, अरुणा लामा, विक्रम योन्जन, सजना चाम्लिङ लगायतले नारायण गोपालद्वारा स्वर / सङ्गीतबद्ध गीतहरु प्रस्तुत गरे ।

गायक गायिकाहरुलाई  वाद्यवादनमा मण्डल साम्पाङ, भिमसेना राई, पावल थुलुङ, राजेश राई, यम कुमार समालले साथ दिएका थिए । सुरज चन्द्र लामाले नारायण गोपालको साङ्गीतिक जीवनको परिचर्चा गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *