जिल्ला समन्वय समिति उदयपुरमा गठबन्धनको प्यानल विजयी

उदयपुर । जिल्ला समन्वय समिति उदयपुरको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ । विहिबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी (एस)बाट बनेको प्यानल विजयी भएको हो ।

जसमा समन्वय प्रमुखमा एकिकृत समाजवादी पार्टी (एस)का तर्फबाट गौरबहादुर बिश्वकर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका ईन्द्रराज कार्कीलाई पराजित गरेका थिए । त्यसैगरी उपप्रमुखमा काग्रेसका तेज प्रसार गिरीले एमालेकी हेमकुमारी विश्वकर्मालाई पराजित गरेका छन् ।

यसैगरी समन्वय समितिको सदस्यमा गठबन्धनबाट नेपली काग्रेसका विष्णु कटुवाल र मन्जुकुमारी कटुवाल विजयी भएका छन् । त्यसैगरी माअ‍ेवादी केन्द्रका गोमा कार्की ढुङ्गाना, पदकुमारी राई, ईन्द्रबहादुर थापा र विन्दाकुमारी विश्वकर्मा विजयी भएका छन् ।

Facebook Comments