जलजले । उदयपुर सिमेन्ट उद्योगले मंगलबार आफ्नो ३५ औँ बार्षिकोत्सव भव्य रुपले मनाएका छन् । नेपाल सरकारको स्वातित्वमा रहेको सो उद्योगले मंगलबार बार्षिकोत्सव मनाएका हुन् ।
उद्योगका कर्मचारी, जनप्रतिनिध, संञ्चालक समिति तथा संञ्चारकर्मीहरुकोबीच भव्य रुपमा बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको क्रममा उद्योगका महाप्रवन्धक गोपिकृष्ण न्यउपानेले उद्योगले लिएको लक्ष पुरा हुन लागेको बताएका छन् ।
महाप्रवन्धक न्यउपानेले २४ लाख बोरा बिक्रि लक्ष रहेकोमा करिब २१ लाख बोरा सिमेन्ट बिक्रि गरिसकेको समेत बताएका छन् । उनले यस अर्थिक बर्ष भित्र उद्योगले करिब २४ लाख बोरा सिमेन्ट बिक्रि गर्ने लक्ष लिएको बताए ।
गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आवको नौ महिनामै १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरिसकेको अवस्था छ । महाप्रवन्धक न्यउपानेका अनुसार हाल उद्योगको हरेक क्षेत्रले प्रगतिको फड्को मारेको बताए ।
कर्मचारीरुको व्यवस्थापन, उत्पादनमा बृद्धि, सामानहरुको खरिद, बिक्रि बृद्धि, वातावरणीय व्यवस्थापन, अवकाश कर्मचारीहरुलाई सेवा व्यवस्था लगायत बिभिन्न क्षेत्रहरुले फड्को मारेको बताए । यस्तैगरी उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उदयपुर सिमेन्ट उद्योगले सोँचेजति प्रगति गर्न नसकेको बताएको छ ।
पोखरेलले भर्चृअल माध्यम बाट कार्यक्रममा सहभागी जनाउँदै निजी क्षेत्रहरुको प्रतिस्पर्धामा उदयपुर सिमेन्ट उद्योग आउन नसकेको बताए । सरकारी स्वामित्वका यस उद्योगले निजिसँग प्रतिस्पर्धा गर्न सक्नु पुर्ने सुझाएको छ । त्यसका लागि प्रविधिमा जोड गर्नु पर्ने र व्यवस्थापन राम्रो हुनु पर्ने बताए ।
यस्तैगरी त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले उदयपुर सिमेन्ट उद्योग प्रति नगरपालिका सँधै संवेदनशील भएर लागि पर्ने बताए । मेयर वस्नेतले त्यसका लागि त्रियुगा नगरभित्रका कुनै एक प्रतिनिधि समेत संञ्चालक समितिमा सहभागी हुने वातावरण बनाउनु पर्ने माग समेत गरेका छन् ।
बार्षिकोत्सवको अवसरमा नवनिर्वाचित मेयर बस्नेत र उपमेयर महेश्वरी राईले सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो । त्यसैगरि उद्योगसँग जोडिएका वडाअध्यक्षहरुलाई समेत सम्मान गरिएको छ । सम्मान पाउने वडाअध्यक्षहरुमा १६ का मान वहादुर राई, वडाअध्यक्षहरुमा ५ का उद्धब थापा र वडा नम्बर ६ का अध्यक्षलाई समेत उद्योगले सम्मान गरेको थियो ।