मतदान गर्न बन्चित स्थानीयबासीद्धारा पुनः निर्वाचनको माग गर्दै बुझाए ज्ञापन पत्र

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १२ जनप्रेमी आधारभूत बिद्यालय पुरानो गाईघाटमा स्थगित गरिएको निर्बाचन प्रक्रिया पुनः गराउन माग गर्दै मनदान गर्नबाट बञ्चित स्थानीयबासीले प्रमुख निर्बाचन अधिकृतको कार्यालयलाई शुक्रवार ज्ञापन पत्र बुझाएका छन । स्थगित गरिएको निर्बाचन पून नहुदा अन्योल भएको भन्दै तत्काल निर्बाचनको प्रक्रिया अघि बढाउन माग गरेको हो ।

लसयौँ मतदाताहरु मतदान गर्नबाट बन्चित भएको भन्दै उनीहरुले मतदान गर्न पाउनु पर्ने अधिकारलाई नदबाउन माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएका हुन । शुक्रबार त्रियुगाको मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा १२ नं वडाका मतदाताहरुले निर्वाचन अधिकृत उत्तम सिलवालाई आफुहरुले मतदान गर्न पाउनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन् ।

त्रियुगा नगरपालिका वडा नं १२ वडावासी नागरिकहरु यस वडाको जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाट मतदान केन्द्रमा मतदान गर्ने क्रममा लाईनमा बसि रहेको अवस्थामा केन्द्रमा खटिएका कर्मचारीहरुको चरम लारबाहीले बर्षाको कारण देखाउँदै पूनः मतदान हुने लिखित सूचना प्रकाशित गरी स्थगित गरिएकोमा मतदान कार्य यति लामो अबधि व्यतित भईसक्दा समेत सम्बन्धित निकायबाट कुनै ठोस निर्णय भई पूनः मतदान केन्द्रमा मतदानको मिति र समय तत्काल तोकी पूनः मतदान प्रक्रिया अगाडी बढाउन माग गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, आवधिक निर्वाचनमा आम नेपाली नागरिकहरुले निर्वाचनका माध्यमबाट आफ्नो प्रतिनिधि चुन्न र चुनि पाउनु हरेक नागरिकको मानवअधिकार तथा संबैधानिक अधिकार पनि हो । नेपालको संविधानले सामानताको हकलाई नागरिकहरुको मौलिक हककोरुमा व्यवस्था समेत गरेको छ ।

उनीहरुले स्थगित भएको मतदान कार्य निर्वाचन ऐन दफा ४० र निर्वाचन ऐन निर्देशिकाको दफा– १०८ मा भएको व्यवस्था अनुसार पूनः मतदानको सूचना टाँस गरी स्थगित भएको मतदान प्रक्रिया ऐन तथा कानून बमोजिम पूनः मतदान हुने व्यवस्थाको आधार अनुसार मतदान तत्कालै हुनु पर्ने माग गरेको छ । वडावासीको तर्फबाट बिमल किराँतीको अगुवाईमा अन्य मतदानहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो । उनीहरुले पूनः मतदान नभए आफुहरु आफ्नो अधिकारबाट बन्चित रहने भन्दै यसमा सजग भैदिन सम्बन्धित निकायहरुलाई सचेत समेत गराएको छ ।

Facebook Comments