स्थगित भएको निर्वाचन प्रक्रिया पुनः गराउन गठबन्धनद्धारा माग

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका १२ जनप्रेमी आधारभूत विद्यालयमा भएको स्थानीय तह निर्वाचन रोकिनुको जिम्मा मुख्य निर्वाचन कार्यालयय उदयपुरले लिनु पर्ने गठबन्धनले जनाएको छ । विहिबार एक विज्ञप्ती जारी गर्दे मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारीहरुको चरण लापरबाही भएको कारण कार्यालयले जिम्मा लिनु पर्ने गठबन्धनले जनाएको हो ।

गठबन्धनले विज्ञप्ती मार्फत स्थगित भएको निर्वाचन प्रक्रियाको कार्य पुनः मतदान गर्न गराउन मुख्य निर्वाचन कार्यालयसँग माग गरेको छ । उनिहरुले मतदान गर्ने गराउने विषयमा मुख्य निर्वाचन कार्यालय मौन रहेकोले आशंका उब्जिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा मतदान केन्द्रमा वर्षातको कारण मतदान प्रक्रिया रोकिन गएकोमा २०७९ बैशाख ३० गते ४ः३० बजे एक सूचना टाँस गरी मतदान स्थगित र पुनः मतदान हुने सूचना यसै ठाउँमा पछि प्रकाशन गरिनेछ भनि सूचना प्रकाशन गरिएको उल्लेख छ । यसरी सूचना टाँस गरी स्थगित गरिएको निर्वाचन प्रक्रिया निर्वाचन ऐन अनुसार पुनः मतदान गर्ने स्पष्ट व्यवस्था रहेको छ ।

निर्वाचन ऐनको दफा ४० र निर्देशिका दफा १०८ बमोजिम कार्य गर्न सकिने भनिएको छ विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा नेकपा माओवादी केन्द्र उदयपुरका सचिव किरण राई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष राममणि पोखरेलको संयुक्त हस्ताक्षर रहेको छ ।

Facebook Comments