उदयपुर काँग्रेसद्धारा ‘बागी’ उम्मेदवार दिनेलाई साधारण सदस्य नरहने गरी कारबाही

उदयपुर । उदयपुर काँग्रेसले आधा दर्जन ‘बागी’ उम्मेदवारलाई कारबाही गरेका छन् । पार्टीले शनिबार एक विज्ञप्ती जारी गर्दै सो कारबाही गरेको कुरा जनाएका छन् ।

विज्ञप्तीमा केन्द्रीय कार्यालयबाट प्राप्त वैशाख १६ गतेको पत्र र जिल्ला पार्टीको वैशाख १४ गतेको अनुरोध विज्ञप्ती अनुसार उनिहरुलाई कारवाही गरिएको उल्लेख छ । कारवाही आधिकारिक उम्मेदवारविरुद्ध बिभिन्न पालिकामा विद्रोही उम्मेदवारी दिनेलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उल्लेख छ ।

बिज्ञप्तमा पार्टी सभापति हिमाल कार्कीको हस्ताक्षर रहेको छ । सो विज्ञप्तीमा उल्लेख भएअनुसार कारबाही पर्नेहरुमा चौदण्डीगढी नगर प्रमुख पदका उम्मेदवार प्रशान्त राई, कटारी नगर उपप्रमुख पदका उम्मेदवार कृष्ण थापा र ताप्ली गाउँपालिका अध्यक्ष पदका उम्मेदवार माधव रास्कोटी र उपाध्यक्ष पदका उम्मेदवार सुशिला मगर रहेका छन् ।

त्यसैगरि लिमचुङबुङ गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार रमिला राई, उदयपुरगढी उपाध्यक्ष पदका उम्मेदवार तिलक खपाङ्गी मगर, कटारी नगरपालिका प्रमुख पदका उम्मेदवार बालकृष्ण थापा र उपप्रमुख पदका उम्मेदवार मन कुमारी भुजेल रहेका छन् । गठबन्धन गरेर उम्मेदवार उठाइएका ती पालिकाहरुमा काँग्रेसका असन्तुष्ट पक्षले आफ्नै पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

Facebook Comments