चौदण्डीगढी । उदयपुरमा मोटरसाईल दुर्घटनामा परी एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चौदण्डीगढी नगरपालिका ६ बस्ने बर्ष ५६ को केदार कटुवाल रहेका छन् ।
कटुवाल आफैले चलाएको स. ८ प. ४३४७ नम्बरको मोटरसाईक आफै अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार गत माघ १६ गते मदन भण्डारी स्मृति लोक मार्गमा दुर्घटनामा परी घाईते भएको कटुवालको उपचारको क्रममा बिराटनगर स्थित नोबेल अस्पतालमा सोमबार मृत्यु भएको थियो ।
कटुवाल नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व उपाध्यक्ष हुन्भने इमेज च्यानलसँग आवद्ध थिए । नगरपालिका २ झोडापाटा स्थित कौवैदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको कटवालको एक श्रीमती र दुई छोरा छन् ।
Facebook Comments