उदयपुरमा भिरबाट लडेर एकको मृत्यु

ताप्लि । उदयपुरमा भिरबाट लडेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ताप्लि गाउँपालिका ३ बस्ने बर्ष ५० को लक्ष्मीमाया तामाङ रहेका छन् ।

उनको घाँस काट्ने क्रममा बुधबार लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका अनुसार उनको मृत अवस्थामा आफन्तहरुले लाश फेला परेको थियो ।

घटनाको जानकारी पछि प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षक सहितको प्रहरी टोलि खटिएको छ ।

Facebook Comments