भरुवा बन्दुक बनाई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

मोरङ । आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ बस्ने बर्ष ५२ को आश बहादुर लिम्बु रहेका छन् ।

आईतवार बेलुका ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको थियो । पक्राउ परेको लिम्बुको साथबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान र फलामको पड्किने पाशो भएको बन्दुक १ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रहरीले जनाएअनुसार बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान बरामद गरिएको छ । त्यसैगरि फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार सहित पक्राउ गरेको हो । अहिले पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments