उदयपुरमा खुकुरी प्रहारबाट एकको मृत्यु

उदयपुर । उदयपुरमा खुकुरी प्रहारबाट एक पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रियुगा नगरपालिका ८ उत्राई टोल बस्ने बर्ष ६५ को महिकर चौधरी रहेको छ ।

सामान्य विवाद हुदा त्रियुगा नगरपालिका १३ पोर्ताहाका अन्दाजी ४५ बर्षिय मेमोरी भन्ने किसन सदाले खुकुरी प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले बताए ।

डिएसपी गौतमका अनुसार चौधरीको घटना स्थलमै मृत्यु भएको थियो । घटना बारे प्रहरीलाई जानकारी आए लगत्तै जिल्ला बाट खटिएको बिषेश टोलीले सदालाई पक्राउ गरी थप अनुसान्धान सुरु गरेको प्रहरीले जनाए ।

Facebook Comments