उपेन्द्रसँग एकताको विषयमा बाबुरामलाई आयो यस्तो सुझाव

काठमाडौ, ६ बैशाख । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीचको एकताका लागि भएका भनिएका संवादमा नयाँ विषयले प्रवेश पाएको छ । यस्तो विषयले चुनाव अगाडि एकता कठिनाई हुन सक्ने देखिएको छ ।

एकताका लागि भएका वार्ताहरुमा पछिल्लो पटक नयाँ शक्तिकै नेताहरुले डा.बाबुराम भट्टराईलाई यस्तो सुझाव दिएका छन्, जसले फोरमसँग चुनाव अगाडि नै एकतालाई रोक्न सक्छ । नयाँ शक्तिका नेताहरुले डा.भट्टराईलाई एकता स्थानीय तहको निर्वाचनपछि गर्दा राम्रो हुने सुझाव दिएका छन् ।

‘एकता चुनावपछि गर्दा राम्रो हुन्छ । अहिले एकताले नकरात्मक सन्देश जाने खतरा पनि हुन्छ किनभने संघीय फोरम आन्दोलनमा छ । एकतापछि पनि फोरम आन्दोलनमा रह्यो भने अफ्ठारोमा परिन्छ । दलीय चिन्ह लिएर हामी चुनावमा जाने भनेका छौँ । यस्तो अबस्थामा एकतापछि समस्या पैदा हुन सक्छ भन्ने हाम्रो सुझाव छ ।’

नयाँ शक्तिका नेताहरुले डा.भट्टराईसँगको अनौपचारिक छलफलमा यस्तो सुझाव दिएको एक नेताले बताए । यादव नेतृत्वको गठबन्धनका राजनीति मागमा नयाँ शक्तिले ऐकयबद्धता जनाएको छ । तर, चुनावमै भाग नलिने गरी गरिएको अनिश्चकालीन आमहड्तालसहितको आन्दोलनको कार्यक्रमप्रति नयाँ शक्ति सकरात्मक देखिएको छैन् । नयाँ शक्तिले यस अघि नै चुनावको वातवरण बनाउनका लागि भन्दै ६ बुँदे सर्त अगाडि सारेको थियो, जसमा संविधान संसोधनलगायतका विषय थिए ।

यादव नेतृत्वको गठबन्धनले भने अनिश्चतकालीन आमहड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उनीहरुले चुनाव भाड्ने खालको रणनीति बनाएको भनेर समाचारहरु प्रकाशमा आएका छन् ।
नयाँ शक्तिभित्र दलीय चुनाव चिन्हका लागि जस्तो सुकै कठोर आन्दोलन गर्न परेपनि तयार रहने विषयमा छलफल भएको पनि ती नेताले बताए ।

त्यसैबीच नयाँ शक्तिको आजबाट केन्दीय कार्यकारणी परिषद्को वैठक बस्दैछ । वैठकले दलीय चिन्हका लागि भएको आन्दोलनको समीक्षासहित चुनावी तयारीका विषयमा महत्वपूर्ण निर्णय लिने बताइएको छ ।

ad

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *