विजयकुमार गच्छदार सत्ताका लागि जस्तोसुकै दलाली गर्न पछि पर्दैनन्ः राजकुमार लेखी

काठमाडौ, ६ बैशाख । सद्भावना पार्टीका नेता राजकुमार लेखीले सरकारले जर्वजस्ती स्थानीय चुनाव गराए मुलुक गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

एक मिडियालाई दिएको अन्तर्वातामा बोल्दै नेता लेखीले थारु, मधेसी जनजाती लगायतका असन्तुष्ट पक्षका माग सम्बोधन नगरि गरिने चुनावले मुलुक र पार्टीहरुको भलो नहुने बताए ।

नेता लेखिले गत बर्ष भएको टिकापुर घटना शासकको गलत मानसिकता र थारुमाथिको दमनको परिणाम भएको जिकिर समेत गरे ।
फोरम नेता विजयकुमार गच्छेदार थारुकै छोरो भएपनि उनको प्रवृति शासक र दलालमात्र भएको आरोप लगाए । भने ‘ गच्छदार सत्ताका लागि जस्तोसुकै दलाली गर्न पनि पछि पर्दैनन् ।’
लेखीले अरु के–के भने ?
–एक मधेस एक प्रदेशको अवधारणा मिलेकाले सद्भावना पार्टीसंग एकीकरण गरेका हौं ।
–थारु मधेसी, आदिबासी आफ्ना माग सम्बोधन गर्न बर्षौदेखि आन्दोलनमा छन्, त्यसकारण हामी र सद्भावना पार्टीबीच एकीकरण भएको हो यो सुरुवातमात्रै हो । मधेसका अझै धेरै पार्टीहरुबीच एककीरण हुन्छ ।
– थारुहट आन्दोलनमा अहिले पनि मेरो भुमिका केन्द्रमै छ । १० बर्षदेखि म यस आन्दोलनमा छु । बसोबासका हिसावले पनि हाम्रो मधेसीसँग समानता छ ।
–सद्भावनामात्र हैन, आन्दोलनमा रहेका पार्टी मोर्चा र संगठनहरुसँग छलफल गरेका थियौ, एक ढिक्का हुने विषयमा त्यसको यो सुरुवात मात्र हो ।
–कसैले उचालेर उचिलिने मेरो चलन छैन, मेरो आँखाले देखेको बोल्न रुचाउँछु, यहि कारण आलोचक र आरोप लागए पनि म पछि हट्दिन । म सिंगो मधेस र मधेसीका विरोधमा कहिल्यै थिइँन । मैले खस क्षेत्रीलाई पनि लखेटनुपर्छ भनेको छैन ।
–एमाले कांग्रेस र माओवादीले चार बर्षमा संविधान बनाएनन् उनीहरुले संविधानसभाको त्यसवेला हत्या गरे । एमालेले जनबादको पक्षपोषण गरेकाले मैले पार्टी छाडे ।
–जनतालाई उल्लु बनाउने कुरा गरे तीन दलले ।
–राष्ट्रबादी र अराष्ट्रबादी भनेर आफुले आफैलाई भन्नुको अर्थ छैन । ३० बर्षमा कांग्रेस एमालले उद्योगधन्दा र नदिनाला बेचेर विदेशीबाट अकुत सम्पति कमाए ।
–साईकल चढ्न नसक्ने कांग्रेस एमालेका नेताले करोडौको सम्पति कसरी जोडे ?
– टिकापुर घटनाको आरोपमा २५ झुठामुद्धा लागाइएको छ तर पनि थारुको नेता बन्ने गलत प्रवृतिका विरुद्ध राजकुमार लेखी बोल्छ ।
टिकापुर घटना शासकको गलत मानसिकता र थारुमाथिको दमन हो ।
– टिकापुर घटना दमनविरुद्धको विद्रोह थियो ।
–चुनाव हुँदैन, समस्या सम्बोधन नगरि जर्वस्ती गरिने चुनावले मुलुकलाई द्धन्द्धमा धकेल्छ । चुनाव गर्ने हो भने असन्तुष्ट पक्षका माग सम्बोधन गर्नुपर्छ ।
–अवको हाम्रो आन्दोलन कस्तो हुने हो भन्ने कुरा साशकहरुमा भर पर्छ ।
–अहिले ल्याएको संविधान संशोधन प्रस्ताव पहिलेको भन्दा पनि प्रतिगामी छ । मुख्य माग सिमाङकनलाई सम्बोधन नै गरिएको छैन ।
– श्रीपेच विनाका नयाँ राजाहरु जन्मन खोज्दैछन् ।
–शान्तिपुर्ण आन्दोलनको कुरा नसुने सिके राउतको बाटो रोज्नुपर्ने अवस्था पनि आउनसक्छ । बैशाख अन्तिम साता भन्दा अघि नै समस्याको समाधान दिनुपर्छ, अतिबादी बाटोमा मुलुक गए शासकहरुकै कारण जान्छ । त्यसका लागि हामी र देश चलाउने पक्ष पनि गम्भिर हुनुपर्छ ।

ad

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *