उदयपुरमा ईन्द्रकमलद्धारा उपभोक्तालाई ग्याँस बितरण

उदयपुर । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले आफ्नो उपभोक्ताहरुलाई ग्याँस बितरण गरेको छ । बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– १४ साउने स्थित ईन्द्रकमल सामुदायिक बन उपभोक्ता समिति रहेको छ ।

परम्परागत चुलोको धुवाबाट बच्न, समयको बचत र बन बिनास रोक्न समुहलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई ग्याँस बितरण गरिएको समुहको अध्यक्ष गोबिन्द बहादुर मगरले बताए ।

अध्यक्ष मगरका अनुसार ०७६÷७७ को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण शिर्षकबाट उपभोक्तालाई ग्याँस बितरण गरिएको हो ।

समुहमा आबद्घ ८६ घरधुरी मध्ये ८० घरधुरीको उपभोक्ताहरुलाई एकएक थान ग्याँस र ग्याँस प्रयोगमा हुने अन्य सामाग्रीहरु बितरण गरिएको समुहका सचिब रिता मगरले बताईन् । सचिब मगरका अनुसार पाँच लाख ६२ हजार रुपैया बराबरको ग्याँस बितरण गरिएको थियो ।

कार्यक्रममा वडासदस्य हेमराज मगर, पत्रकार महासंघका सहसचिब गजेन्द्र राई लगायत छिमेकी सामुदायिक बनहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments