मिस उदयपुरको दास्रो संस्करण फागुन २१ देखि हुने

उदयपुर । ‘मिस उदयपुर’को दोस्रो संस्करण आउदो फागुन २१ गतेबाट हुने भएको छ । बिशेषगरि युवाहरुलाई नेतृत्व र व्यक्तित्व बिकास तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सो संस्करण गर्न लागिएको हो ।

स्थानीय ताल डान्स हाउस गाईघाटको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा सौन्दर्य तथा प्रतिभा पहिचान सम्बन्धि प्रतियोगिता हुने आयोजक समितिका संयोजक मिथिन ठाकुरले बताए । संयोजक ठाकुरका अनुसार प्रतियोगितामा जिल्लाका बिभिन्न स्थानबाट प्रतिष्पर्धीहरु सहभागी हुने छन् ।

प्रतियोगिताको मेगा अडिसन फागुन २१ गते अन्तिम हुने छ भने फिनाले चैत्र २१ गते हुने छ । १६ देखि २४ वर्ष उमेर समूहमा रहेका युवतीहरुबीच हुने प्रतिस्पर्धाका लागि शैक्षिक योग्यता प्लस–टु पूरा गरेको हुनुपर्ने सञ्चालक आयोजकले जनाएका छन् । आयोजले जनाएअनुसार उचाई ५ फिट वा सोभन्दा माथि हुनुपर्नेछ ।

जम्मा २१ दिनको बन्द प्रशिक्षण रहने स्वास्थ्य संग सम्बन्धित प्रशिक्षण, शौन्र्दयता, नेतृत्व बिकास सम्बन्धि प्रशिक्षण, ट्राफिक नियम सम्बन्धि जानकारी, फिल्ड भिजिट, कानुन, बालअधिकार, बालविवाह, सामाजिक परिवेश, प्रबिधि, उद्घोष, नृत्य लगायतको प्रशिक्षण हुने छ ।

प्रतियोगिताको बिजेताले २५ हजार नगद, बिबिएससम्मका लागि छात्रबृत्ति, एयर होस्टेस सम्बन्धि निशुल्क तालिम, दिमा फाउण्डेशनमा शैक्षिक तालिम, फुटोसुट, म्यूजिक भिडियो लगायतको सुबिधा पाउनेछन् ।

त्यस्तै एक वर्षसम्म निशुल्क नृत्य प्रशिक्षणको अवसर, जीवन बीमा, मेकअप कक्षा र बिभिन्न प्रतियोगिताहरुमा सहभागी हुने अवसरसँगै ताज, ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर लगायत पाउने छन् ।

भिडियोः

Facebook Comments