




उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटबाट अबैध लागुऔषध सहित तिन जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला त्रियुगा नगरपालिका ११ टेम्पुचोक बस्ने वर्ष १७ को रविन राई, वर्ष २६ को प्रभात राई र वर्ष १९ को सन्देश राउत रहेका छन् ।
उनिहरुलाई चेकजाचँको क्रममा प्रहरीले सदरमुकाम गाईघाट स्थित टेम्पुचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए ।
डिएसपी गौतमका अनुसार उनिहरुको साथबाट डाईजोल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरागन ९ एम्पुल गरी जम्मा ३६ एम्पुल र २ थान मोवाईल समेत बरामद गरिएको छ । उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
Facebook Comments