उदयपुर । नेकपा बिवादसँगै दुई समुहमा विभाजित प्रेस संगठन नेपाल (ओली समुह)ले आफुलाई प्रदेश नम्वर एकको सह–संयोजक भनी नाम जोडेको भन्दै पत्रकार हरिकुमार राईले आपत्ती जनाएका छन् । तत्कालित नेकपा एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकतासँगै गठित प्रेस संगठन नेपालका केन्द्रिय सदस्यसमेत रहेका राईले सोमबार एक प्रेस बिज्ञप्ती जारी गर्दै आपत्ती जनाएका हुन् ।
उनले हालै जारी गरेको सर्कुलरमा म हरिकुमार राईको नाम १ नं. प्रदेशको सहसंयोजक भनी मेरो नामसमेत जोडेकोमा मेरो आपत्ती रहेको भन्दै बिज्ञप्तीमा उल्लेख गरेका छन् । बिज्ञप्तीमा भनिएको छ “मलाई नसोधी, एकपक्षीयरुपमा सहसंयोजक राखिएको हुँनाले मेरो स्वतन्त्रतामाथि हनन् भएको महशुस गरेको छु” ।
बिज्ञप्तीमा म उक्त संगठनको प्रदेश १ को सह–संयोजक नरहेको र स्वीकार नगरेको सबैमा जानकारी गराउदछु भनिएको छ । राई पत्रकार महासंघ प्रदेश नम्बर एकका सचिव हुन् भने राष्ट्रिय समाचार समिति (रासस) र उदयपुरबाट प्रकाशित नागरिक आव्हान पत्रिकामा आबद्ध छन् ।
प्रेस संगठन नेपाल (ओली समुह)द्धारा सर्कुलरः