त्रियुगा १६ जाल्पाचिलाउनेद्धारा स्थानीयलाई फाईबर सिरक बितरण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ जाल्पाचिलाउनेले जाडोमा प्रयोग गरिने फाईबर सिरक बितरण गरेका छन् । आफ्नो वडामा रहेको जेष्ठ नागरिक र अपाङ्ग ब्यक्तिहरुलाई सो सिरक बितरण गरेका हुन् ।

उनिहरुलाई सिरक सम्मान स्वरुप बितरण गरिएको वडाअध्यक्ष मानबहादुर राईले बताए । वडाअध्यक्ष राईका अनुसार आर्थिक बर्ष ७७÷७८ को बार्षिक कार्यक्रम अन्तरगत जाडो मौसमलाई मध्येनजर गरेर छुट्याईएको करिब एक लाख रुपैया बराबरको सिरक बितरण गरिएको थियो ।

सिरक वडामा रहेको ४९ जना जेष्ठ नागरिक र ३१ जना अपाङ्ग भएका ब्यक्तिहरुलाई बितरण गरिएको वडा सचिब मिलन कुमार राईले बताए । सचिब राईका अनुसार उनिहरुलाई सुत्ने क्रममा प्रयोग हुने एकएक थान फाईबरको सिरक बितरण गरिएको थियो ।

Facebook Comments